म्याराथनमा केन्याकी ब्रिगिडले तोडिन् १६ वर्ष पुरानो रेकर्ड

काठमाडौ। केन्याकी म्याराथन धाविका ब्रिगिड कोसगेईले महिला म्याराथनमा १६ वर्ष पुरानो कीर्तिमान तोडेकी छिन्।

अमेरिकाको सिकागोमा भएको म्यारथनमा ब्रिगिडले २ घण्टा १४ मिनेट ४ सेकेण्डमा म्याराथन पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ब्रिटेनकी पाउला राडक्लिफेकेको कीर्तिमान तोडेकी छन्।

राडक्लिफले सन् २००३ को लण्डन म्याराथनमा २ घण्टा १५ मिनेट २५ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्। २५ वर्षीया केन्याली नागरिक ब्रिगिडले अघिल्लो वर्ष २ घन्टा १८ मिनेट ३५ सेकेन्डमा रेस पूरा गरेकी थिइन्।

सिकागो म्याराथनमा इथियोपियाकी अबाबेल येसानेहले २ घण्टा २० मिनेट ५१ सेकेण्डमा दूरि पूरा गर्दै दोस्रो भइन्।

यस्तै इथियोपियाकै गेलेटे बुर्गा २ घण्टा २० मिनेट ५८ सेकेण्डमा दूरि पूरा गर्दै तेस्रो भइन्। "मलाई एकदमै राम्रो अनुभव भएको छ र खुशी लागेको छ। किनकी मलाई यसरी दौडने अपेक्षा थिएन," ब्रिग्रिडले भनिन्।

राडक्लिपेले २०३३ मा बनाएको कीर्तिमा महिला र पुरुष दुवैको हकमा लामो समयसम्म रहेको कीर्तिमान थियो।

ब्रिगिडले सिकागो म्याराथनमा आफ्नो कीर्तिमान भंग गर्दा राडक्लिफ पनि त्यहाँ उपस्थित थिइन्। उनी ब्रिगिडलाई बधाई दिने पहिलो मध्येको बनिन्।

“जब मैले ब्रिगिड पहिलो गतिमा दौडेको देखेँ त्यतिबेलै मलाई कीर्तिमान तोडिँदैछ भन्ने लागेको थियो।” राडक्लिफले भनिन्।

यस्तै पुरुषतर्फको उपाधि केन्याकी लवरेन्स चेरोनोले जितेका छन्। ३१ वर्षीय चेरोनोले २ घण्टा ५ मिनेट ४५ सेकेण्डमा दूरी पूरा गरे।

दोस्रो भएका इथियोपियाका डेजाने डबेलेले चेरोनोभन्दा १ सेकेण्डले पछि परे। इथियोपियाकै असेफा मेङगेट्सु २ घण्टा ५ मिनेट ४८ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए।

गत सिजन पहिलो भएका बेलायतका मो फराह यस पटक भने आठौं भए।

प्रतिक्रिया दिनुहोस्