राष्ट्र बैंकले दियो ऋणीहरुलाई विशेष सहुलियत काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएर केही लचिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको हो। केन्द्रीय बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाइएको जनाएको छ। ब्याजदर करिडोर अन्तरगतका अन्य दरहरुलाई यथावत राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्