संसदमा राप्रपा सांसदको नाराबाजी काठमाडौं, २७ बैशाख। प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। आकस्मिक समयको मागसहित राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्। बुधबारको बैठक शुरू हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए। राप्रपा सांसदले पटक-पटक समय माग्दा पनि सभामुखले समय नदिएर संसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्