संसद बैठकमा अमरेश कुमार सिंहको अश्लिल हर्कत काठमाडौं, २५ वैशाख। प्रतिनिधि सभाको आजको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न भई प्रस्तुत भएका छन्। सभामुख देवराज घिमिरेले सून्य समय सुरु गर्दैगर्दा उनले बोल्नको लागि समय मागिरहेका थिए। सभामुखले समय नदिएपछि उनले सर्ट र गन्जी खोलेर संसदमा अर्धनग्न भएका थिए। त्यसपछि सभामुखले अश्लिल कार्य बन्द गरी शिष्ट नभए कारवाही गर्ने चेतावनी दिएपछि उनले कपडा लगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्