भारतको मणिपुरमा जातीय हिंसा भड्कियो, आन्दोलनकारीलाई गोली हान्न आदेश बर्मासँग सीमा जोडिने भारतको उत्तरपूर्वी राज्य मणिपुर पाँच दिनदेखि युद्धभूमि जस्तै बनेको छ।रैथाने मणिपुरी (मैतेई) र जनजाति समुदाय कुकी–जोमीबीच गत बुधबारदेखि हिंसा चर्किए हो।जातीय दंगामा ५४ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। मृतकको संख्या अझै थपिने क्रम जारी छ।हिंसा चर्कदो छ, हजारभन्दा बढी घाइते छन्। १० हजार बढी नागरिक विस्थापित भइसकेका छन्। कैयौँ जिल्लामा कर्फ्यु लगाइएको छ र इन्टरनेट काटिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्