दुवै खुट्टा नभएका हरि बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल आरोहण गरे काठमाडौं। सगरमाथा आरोहणका लागि बेस क्याम्पमा मौसमको अनुकुलता पर्खंदै पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन्। घुँडा भन्दा माथिबाट दुवै खुट्टा गुमाउनुभएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्