रवि र स्वर्णीमले लिए शपथ, संसद यात्रा सुरु काठमाडौं, १५ वैशाख। सभामुख देवराज घिमिरेले आज संसद भवन नयाँ वानेश्वरमा नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए। अर्का सांसद उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्