एलर्जी र ग्याँस्ट्रिकलाई हेलचेक्र्याइँ गरे नाक, कान र घाँटीमा समस्या निम्तिन्छः डा. कटुवाल काठमाडौं। अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।अल्का अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.शास्वत कटवालले मौसम परिवर्तनसँगै नाक,कान र घाँटीका बिरामीहरु बढेको बताएका छन्।मौसम परिवर्तनका कारण नाक सुख्खा हुने र संक्रमित बढ्ने गरेको बताए।पछिल्लो समय नेपालमा वायु प्रदुषणको मात्रा बढीरहेकाले मास्कको अनिवार्य प्रयोग गर्न र घरबाहिर निस्किएपछि हातमुख राम्रोसँग सफा गर्न उनको सझाव थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्