७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिला पक्राउ धनुषा, १२ वैशाख। धनुषा प्रहरीले ७ लाख ७१ हजार ५०० सय बराबरको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरको छ। पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साह छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनको साथबाट एक हजारको नक्कली नोट ४९२ थान र ५सयको नक्कली नोट ५५९थान बरामद गरिएको छ। घटनामा थप संलग्नता रहेकाहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्