आज जौ र चनाको सातु तथा चिसो पानीको सर्वत खाने दिन काठमाडौं। आज अक्षय तृतीया।हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ।जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खाएर यो पर्व मर्नाइन्छ। पशुपतिनाथ मन्दिरमा आज दर्शनार्थीहरुको पूजा आराधना र दिन दुःखीहरुलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरुको भीड लागेको छ।आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ।आज सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्