आमाको मुख हेर्ने दिन मातातीर्थमा दर्शनार्थीको भीड काठमाडौं, ७ बैशाख। आमाको मुख हेर्ने दिन आज काठमाडौंको चन्द्रागिरिस्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ।आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन्। त्यहाँ रहेको आमाको प्रतिमाको दर्शनगरी मातातीर्थमा स्नान गर्नाले छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रही आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्