राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगियो काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्