११ दिनदेखि उठेन सिंहदरबारको फोहोर, निर्णयमा अडिग बालेन काठमाडौं। शितल निवासदेखि सिंहदरबार र मन्त्री क्वाटरसम्मको फोहर नउठेको ११ दिन पुगेको छ। आफ्ना सरोकारप्रति संघीय सरकारले बेवास्ता गरेको भन्दै काठमाडौं महानगरले ती निकायका फोहोर उठाउन बन्द गरेको हो। फोहोर नउठेको ११ दिन बितिसक्यो, तर, संघीय सरकार र महानगरबीच संवादको थालनीसमेत हुनसकेको छैन। महानगरले गएको चैत २४ मा गैरीगाउँको सुकुम्बासी टहरा हटाउन खोज्दा गृह मन्त्रालयले सुरक्षा दिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्