यसरी भनाइयो भक्तपुरमा जिब्रो छेड्ने जात्रा काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गर्नुभएको हो। नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो । यसअघि, सुजका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आउनुभएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्