नयाँ वर्षको सुरुवातसँगै काठमाडौं महानगरमा नक्सापासको काम अनलाइनबाटै गरिने काठमाडौं । काठमाडौं महानगरपालिकाले १ वैशाखदेखि अनलाइन प्रणालीबाटै नक्सापास गर्न सक्ने सेवा सुरू गरेको छ।घरको नक्सा दर्तादेखि प्लिन्थ लेभलसम्मको सेवा अनलाइनबाटै हुने मेयर बालेन्द्र साह(बालेन)ले जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ।’यसअघि २–३ महिना लाग्ने प्रक्रियालाई बढीमा २५ दिनमा छोट्याउने दाबी मेयर साहले गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्