बालेनको चुनौती, ‘कि काम गर्नुस् कि राजधानी सार्नुस्’ काठमाडौं, ३० चैत। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारलाई काठमाडौंको हितमा काम गर्न चेतावनी दिएका छन्। जथाभावी बोलेको भन्दै सरकारले उनलाई सतर्क गराएको पर्सीपल्ट बिहीबार फेसबुकमा बालेनले लेखेका छन्,‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्। हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृती, कला, सभ्यता चाहिन्छ, राजनीति हैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्