जेल सजाय र सांसद पद खारेजी पछि तनावमा राहुल गान्धी एजेन्सी। फौजदारी मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतीय काँग्रेसका नेता राहुल गान्धीको सांसद पद पनि खारेज भएको छ। संसद्को तल्लो सदनले गुजरातस्थित स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेको एक दिनपछि उक्त निर्णय सुनाएको हो। गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित भएका थिए। उनी हाल ३० दिनका लागि जमानतमा छन् र अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्