विश्वासको मत पाउनेमा ढुक्क प्रचण्ड काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको म लिदैछन्। १० दलीय गठबन्धन र रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्।योसँगै प्रचण्डले १७६ सांसदको समर्थन पाउने देखिन्छ। प्रधानमन्त्रीलाई विश्वासको मत पाउन १ सय ३८ सांसद आवश्यक पर्छ।७९ सिटको एमाले र १४ सिटको राप्रपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने छैन। आइतवार देखिनै कांग्रेससहितका दलहरु संसदमा सत्तापक्षको लहरमा बसीसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्