वाह काठमाडौं, क्या काठमाडौं यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन्। नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ। चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ,सडक छेउका बस्तीबाहेक। हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन्। दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्