शीतलनिवासमा पौडेल इन, भण्डारी आउट काठमाडौं, २९ फागुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका थिए। सोहि समारोहपछि पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी भने विदा भएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्