होला त नेपाल विश्वकप क्रिकेटमा छनोट? काठमाडौं, २८ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले यूएईमाथि सानदार जित निकालेको छ। निर्धारित ५०ओभरका खेलमा नेपालले २२.५ओभरमा यूएईका सबै विकेट लिंदै १७७रनको फराकिलो अन्तरले जितेको हो।खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २४८रनको योगफल तयार पारेको थियो। जवाफमा व्याटिङ गर्न आएको यूएईले ७१रन जोड्दा सबै विकेट गुमाएको थियो।आजको जितसँगै नेपालको एक दिवसीय मान्यता जोगिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्