मुलुककै सर्वोच्च पदमा रामचन्द्र पौडेल काठमाडौं, २५ फागुन। राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार बानेश्वरस्थित संसद भवनमा भएको निर्वाचनमा नेपाली कांग्रेससहित आठ दलका उम्मेदवार पौडेलले ३३हजार ८०२मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४जना संघीय सांसद र ३५२जना प्रदेश सांसदको मत पाएका थिए। नेम्वाङले १५हजार ५१८मतभार पाएका थिए।उनले ९६जना संघीय सांसद र १६२जना प्रदेश सांसदको मत पाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्