होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँच कडाइ काठमाडौं । होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कसैको इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका गतिविधि हुनसक्ने भन्दै चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्