समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो एमाले काठमाडौं । नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो।सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्