पीडितका गुनासोः मिटर ब्याजले सुकुम्वासी बनायो, लघुवित्तले बाँच्नै नदिने भो काठमाडौं। रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटर व्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको बताइन्। उनले मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर सुकुम्वासी बन्ने लागेको अवस्थामा लघुवित्तले झन पीडा थपेको बताइन्। कार्कीले मिटरब्याजी साहुले भएको जग्गा जमिन समेत लिलाममा हालेर खाएको बताइन्। उनले लघुवित्तबाट एक लाख रुपैयाँ ऋण लिएर महिनाको १२ हजार किस्ता बुझाउँदा समेत कहिल्यै नसकिने गरेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्