बाजे पुस्ताबाट टाढिए युवा पुस्ता, संस्कृति र संस्कार हरायोः डा. जगमान गुरुङ काठमाडौं, ९ फागुन। संस्कृतिविद् डा.जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको टिप्पणी गरेका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले सच्याएर अघि बढाउनुपर्ने बताए। ‘अहिले बुढाबुढी गाउँमा, छोराछोरी सहरमा बस्छन्, नातीनातिनी होस्टेलमा बस्छन्। तीन पुस्ताको भेट हुन पाउँदैन। अनि संस्कृतिको हस्तान्तरण कसरी गर्ने? अहिले नातीनातिनीहरुले लगाएको लुगा देख्दा बुढाबुढीहरुलाई लाज हुन्छ’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्