बैंकहरु नसच्चिए देशैभर आन्दोलन गर्ने उद्योगी, व्यवसायीको चेतावनी काठमाडौं। बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरुले पनि आन्दोलन गरेका छन्। सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु मिलेर बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै आन्दोलनस्वरुप बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध अन्तरक्रिया गरेका हुन्। अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्