कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो काठमाडौं, ४ फागुन। नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ। खाना पकाउने ग्याँसमा आगलागी हुँदा घाइते भएका उनलाई बिहीबार दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्श अनुसार थप उपचारका लागि श्रीएयर लाईन्सको विमानबाट भारत पठाइएको हो। भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको कांग्रेस सांसद दिपक खड्काले जानकारी दिए।भण्डारीको करिव ३०प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्