ग्यास सिलिण्डर पड्किदा सांसद भण्डारीको आमाको निधन काठमाडौं, ४ फागुन। गएराति काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस बिस्फोटमा परी घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ। ८६ वर्षीया हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा विहान १०ः५७ मिनेटमा मृत्यु भएको हो।बिस्फोटमा परी कांग्रेस नेता चन्द्र भण्डारी पनि घाइते भएका थिए।चन्द्र भण्डारीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।उनलाई थप उपचारको लागि भारतको मुम्बई लैजान लागिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्