बागमती प्रदेशको उपहार, दुई पाङग्रे सवारी साधनमा जरिवाना छुट काठमाडौं। सरकारले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म ताोकिएको कर तथा नवीकरण शुल्क नबुझाउने सवारी धनीले २०७९फागुन मसान्तभित्र सवारी साधन कर बुझाउन आएमा जरिवाना नलिने भएको छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले आज एक सूचना प्रकाशित गरी जरिवाना छुटबारे जानकारी दिएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन,२०७५ अनुसार सो अवधिमा लाग्ने जरिवाना छुट दिइएको कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्