मैतीदेवीस्थित प्रहरी बिटमा काठमाडौं महानगरले चलायो डोजर काठमाडौं। काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मंगलवार महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामानहरु सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको हो। सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्