राष्ट्रपति निर्वाचनको मिति तय, कांग्रेसलाई किन बढ्दैछ भय ? काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते गर्ने तय गरेको छ। २०७४ फागुन २९ मा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आगामी फागुन २९ मा सकिँदै छ। राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। सोही कारण कांग्रेसले माघ २९ भित्रै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने बताउँदै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्