देउवाको पुर्पुरोः काँग्रेसलाई न सत्तासुख न प्रतिपक्ष हैसियत ! काठमाडौं। मंगलबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेसमाथि चोटिलो टिप्पणी गरे। काँग्रेसले संघदेखि प्रदेशका सरकारलाई विश्वासको मत दिइसकेकाले प्रमुख प्रतिपक्षको हैसियत गुमाएको ओलीको टिप्पणी थियो। उक्त टिप्पणीपछि सर्वदलीय बैठकमा ओली र काँग्रेस नेताहरुबीच केहीबेर भनाभनसमेत भयो। हुनपनि काँग्रेसले सत्ता गुमाएपनि संघीय सरकार मात्रै होइन प्रदेश सरकारहरुलाई पनि विश्वासको मत दियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्