मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए ? काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्।मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन्। उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री प्रचण्डले गराएका हुन्। प्रधानमन्त्री प्रचण्डले दुइवर्टा मन्त्रालय भने आफूसँगै राखेका छन्। योसँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्