५ वर्षे रणनीतिक योजना बनाएर काम गर्छु : ऊर्जामन्त्री लिङ्देन काठमाडौं। नवनियुक्त उपप्रधान एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्ने क्रममा उनले ५ वर्षे नीति बनाएर काम गर्ने बताएका छन्। उपप्रधानमन्त्री पदको शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण हुन्। ५ वर्षे नीति बनाउन कार्यदल गठन गर्ने उनले पहिलो निर्णय समेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्