विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा माइतीघरमा दीप प्रज्वलन काठमाडौं। आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार माइतीघरमा दीप प्रज्वलन गरिएको छ। विभिन्न समूहमार्फत युवाहरुले माइतीघरमा भेला भएर दीप प्रज्वलन गरेका हुन्। उनीहरुले विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिएकामा असन्तुष्टि जनाएका थिए। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्