नेपालीको आफ्नै चकलेट अर्थात् ‘चाकु’ किन खाने ? काठमाडौं। माघे संक्रान्तिका दिन खाइने चाकुका लागि काठमाडौंको टोखा देशभरमै प्रख्यात छ। यहाँ उत्पादित चाकु स्वादिष्ट हुने भएकाले अमेरिका, बेलायत, जापानसम्म पुग्छन्। टोखाका एक दर्जनभन्दा बढी उद्योगीलाई यतिखेर चाकु बनाउन भ्याइनभ्याइ छ। सबैभन्दा पहिले सखरलाई करिब एक घण्टा पकाइन्छ । भाँडोबाट निकालेर झोललाई चिस्याएपछि सुरुमा मेसिनले र त्यसपछि हातले फिटेर चकलेट रंगको बनाइन्छ। त्यसपछि चाकु, लड्डु पुष्टकारीलगायत परिकार बनाइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्