पोखराको सेती खोँचमा विमान दुर्घटना, ७२ जना सवार काठमाडौंबाट पोखरा उडेको यति एयरको ९ एन–एएनसी विमान दुर्घटना भएको छ। जहाज पोखराको पुरानो र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खेंचमा दुर्घटना भएको हो। उक्त विमानमा पाइलटसहित ५३ जना नेपाली, ५ जना भारती, ४ जना रुसी, आयरल्याण्डका १ जना, कोरियाका २ जना, अर्जेन्टिनाका १ जना, अष्ट्रेलियाका १ जना र फ्रान्सका १ जना गरि जम्मा ७२ जना यात्रु सवार थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्