प्रतिनिधि सभाको सभामुखमा एमालेबाट आधा दर्जन सांसद दौडमा काठमाडौं। प्रतिनिधि सभाको सभामुखका लागि एमालेबाट आधादर्जन सांसदले दाबी गरेका छन्। उपमहासचिव पृथ्वीसुब्बा गुरूङसहित सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, देवराज घिमिरे र केन्द्रीय सदस्य विद्या भट्टराई सभामुखको चाहना गर्नेमा छन्। सत्ता गठबन्धनको भागबण्डाअनुसार सभामुख एमालेको भागमा परेको छ। पहिलो अढाई वर्ष एमाले र त्यसपछि माओवादी केन्द्रले सभामुख लिने सहमति छ। माघ ५ गते सभामुखको चुनाव हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्