माघे संक्रान्ति लागेसँगै तरुलको बजार फस्टाउँदै काठमाडौं। माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड लागेको छ। तरुलको मूल्यमा विगतका वर्षहरुको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन् । कालीमाटी बजारमा धादिङ, नुवाकोट,मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरुबाट तरुल ल्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्