प्रधानमन्त्रीको निर्देशनसँगै मलेसियामा बन्धक १३ श्रमिकको उद्धार
काठमाडौं। प्रधानमन्त्री प्रचण्डको निर्देशनलगत्तै मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ। उद्धार भएकामध्ये ६ जना मंगलबार स्वदेश फर्किने भएका छन्। नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त हुनसाथ बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ले चासो देखाएका थिए। सोमबार विहानै प्रधानमन्त्रीले तत्कालै बन्धक बनाइएका नेपालीको तत्काल उद्दार गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।
प्रतिक्रिया दिनुहोस्
