गुल्मी विमानस्थलमा पहिलो पटक विमान अवतरण काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शनी (डेमो) उडान गरेको छ ।आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ः०० बजे अवतरण भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्