आजदेखि चरा गणना सुरु, गणनामा खटिए ३५० विज्ञ काठमाडौं। नेपालमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । पानीमा बस्ने चराको संख्या र अवस्थिति पत्ता लगाउन गणना सुरु गरिएको हो । नेपालका १६ जिल्लाका प्रमुख १५ वटा नदी र ३ हजार ३५ वटा तालतलैयामा रहेका चरा गणना गरिने भएको हो । गणनामा नेपालमा ३ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिने छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्