इन्डोनेसियाको रंगशालामा भागदौड मच्चिँदा १७४ जनाको मृत्यु इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १७४ पुगेको छ। यस्तै, १८० जनाभन्दा घाइते भएका छन्।अरेमा एफ सी आफ्नो प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग पराजित भएपछि दंगा सुरु भएको थियो। रेफ्रीले खेलको अन्तिम सिठी बजाउने बितिक्कै फुटबल समर्थक मैदान प्रवेश गरेका थिए।अधिकारीहरुले ३८ हजारजनाको क्षमता रहेको सो स्टेडियममा करिब ३ देखि ४ हजार मानिस मैदान प्रवेश गरेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्