गोर्खा राइफल्समा भर्ती भएका अनिल चौहान भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ काठमाडौं।भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबाट सन् २०२१ मा अवकास पाएका अनिल चौहान नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्। उनी सन् १९८१ मा भारतीय सेनाको११औं गोर्खा राइफल्समा भर्ती भएका थिए। भारतको पहिलो सीडीएस विपीन रावतको तामिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। उनको स्थानमा भारतले चौहानलाई नियुक्त गरेको हो। रावतको नियुक्ती अघि भारतको सैनिक संरचनामा परिवर्तन गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्