ठमेल रेमिटमार्फत अमेरिकाबाट पठाएको पैसा केही सेकेन्डमै प्राप्त हुने काठमाडौं।ठमेल रेमिटमार्फत अमेरिकाबाट पैसा पठाउँदा केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ। नेपाल क्लियरिङ् हाउस लिमिटेड (एनसीएचएल)को प्राविधिक सदस्यको रुपमा ठमेल रेमिट जोडिएको हो। अब रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि एनसीएचएलको नेशनल पेमेन्ट स्विच (एनपीएस) प्रयोग गर्नेछ। अमेरिकाको नेशनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्षरूपमै भएपनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको यो पहिलो पटक भएको रेमिटका सहसंस्थापक बाल के जोशीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्