राष्ट्रपति र प्रधानमन्त्रीद्वारा इन्द्रजात्राको अवलोकन काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इन्द्रजात्राको अवलोकन गरेका छन्।शुक्रबार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनीहरूले इन्द्रजात्राको अवलोकन गरेका हुन्।इन्द्रजात्रा अवलोकनअघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवताको रुपमा मानिने देवराज इन्द्रको पूजापाठ गरेकी थिइन्।उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्