वैदेशिक रोजगारीका क्रममा पीडित भएका कामदारको गुनासो सुन्दै श्रममन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले श्रमिकका गुनासोहरु तत्काल सम्बोधन गर्ने बताएका छन्। मन्त्रालयको कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रमिकहरुसँग फोनमा कुरा गर्दै उनले मन्त्रालयसँग सम्बन्धित गुनासोहरुको तत्कालै सुनुवाई भइरहेको बताए। बिहान ११ बजेदेखि एक घण्टा फोनमार्फत १० जना श्रमिकले मन्त्री कुँवरलाई जिज्ञासा, गुनासो र समस्या सुनाएका थिए। प्रत्येक आइतबार एक घण्टा कुँवरले पीडितसँग कुराकानी गर्ने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्