मेडिसिटी अस्पताल प्राङ्गणमा प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौं।नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ।मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता,कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन्।अस्पताल परिसरमा गिरिको पार्थिव शरीर ११ बजेसम्म राख्ने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा ल्याइने कार्यक्रम छ।कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेपछि पशुपति आर्यघाट लगिने नेपाली कांग्रेसले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्