भक्तपुरमा धुमधामले मनाइयो गाईजात्रा काठमाडौं।आज देशभर गाईजात्रा पर्व मनाइँदै छ।भक्तपुरमा पनि विभिन्न कार्यक्रम गरेर गाईजात्रा पर्व मनाइएको छ।हातमा लौरो लिएर नाचिने घिङ्ताङ घिसी नाच यो जात्राको प्रमुख आकर्षण हो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाइँन्छ।यो पर्व नेवार समुदायले मनाउने पर्व हो।वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्